देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर र दक्षिण कोरियाले युद्ध विरामको घोषणा गर्दै

देशान्तर

एजेन्सी,  दुई कोरियाली प्रतिद्वन्द्वीले चाँडै नै आफ्नो ७० वर्षे लामो युद्धलाई विराम गर्नेबारे घोषणा गर्दैछन् ।उत्तर र दक्षिण कोरियाले सन् १९५०–१९५३ को कोरियन युद्धलाई आधिकारिक रुपमा अन्त्य गर्ने तयारी गरिरहेको दक्षिण कोरियाको दैनिक पत्रिका मुन्ह्वा इल्बोलाई उद्धृत गर्दै यूएसए टुडेले जानकारी दिएको छ ।

 

 

उक्त पत्रिकाले नाम नखुलाइएको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गदैै युद्ध अन्त्यका लागि दुई देशले सैन्य द्वन्द्वको अन्त्यका लागि संयुक्त विज्ञप्ति जारी गर्नेबारे घोषणा गर्नसक्ने बताएको छ ।

 

 

दक्षिण कोरियाका राष्ट्रपति मून जाई इन र उत्तर कोरियाली नेता किम जोंग उनबिच आउँदो अप्रिल २७ मा हुन लागेको शिखर सम्मेलन सीमावर्ती गाउँ पान्मुन्जोममा निर्धारित भएको छ ।

 

दुई देशबिच हुन लागेको शिखर वार्ताले किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबिच तय भएको ऐतिहासिक भेटवार्ताका लागि बाटो खुलाउने आशा गरिएको छ ।