काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन । पार्टी एकता संयोजन समितिको मंगलवारको बैठकमा विवादित विषय भन्दा पनि दाहालले प्रधानमन्त्री ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाएका छन ।
बैठकमा दाहालले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लाने प्रयास गरेको देखि सचिव सरुवासम्म असन्तुष्टि जनाएका छन । उनले बैठकमा माओवादी नेता रामबहादुर थापा गृहमन्त्री भएपछि आफूहरुलाई थाहा नै नदिई राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेकोमा असन्तुष्टि जनाए ।
दाहालले सचिव सरुवाबारे पनि माओवादी मन्त्रीहरुसँग परामर्श नै नगरेको भन्दै ओलीको कार्यशैली हेदा लामो समय सरकारमा बसिरहने सम्भावना कम भएको भन्दै असन्तुष्टि जनाए ।
उनले अहिले राष्ट्रिय योजना आयोग गठन नै नगरी बजेट निर्माण थालेकोमा पनि ओली नेतृत्वको सरकार प्रति असन्तुष्टि जनाएका छन । दाहालले यो कार्यशैली हो भने त दुईवटा अध्यक्ष बनाएपनि एउटा कार्यकारी र अर्को सेरेमोनियल हुने अवस्थाआउने बताएका छन ।
बैठकमा एमाले अध्यक्ष ओलीले एमाले संग माओबादीले बारावरी हैसियत माग्न नमिल्ने बताएपछि दाहालले एमाले र माओवादीवीच एकता प्रक्रियामा सरकारको बिषय प्रवेश गाराएका थिए ।
प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएपछि नेताहरु एका एक बिभाजित भएका थिए ।
यस अघि भएको भनिएको आलोपालो प्रणाली अनुसार सरकारको नेतृत्व गर्ने सहमतिलाई पार्टी एकता अगाडि नै मूर्त रुप दिनुपर्ने विषयलाई माओवादी नेताहरुले उठाए ।
सहमतिको विषय पार्टीको संस्थागत निर्णय बनाउने विषय प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली अनिश्चिुक देखिएपछि तत्कालका लागि एकता प्रक्रियामा ‘ब्रेक’ लागेको बैठकमा सहभागी नेताले बताएका छन ।
यस अघि ओली र दाहालले अढाई–अढाई बर्ष सरकारको नेतृत्व गर्ने गरी बामगठबन्धन तयार गरेको बियाष्मा माओबादी नेताहरुले ओलीलाई प्रश्न गरेका थिए । नेतृत्वको विषयमा ओली र दाहाल दुवै महाधिवेशनसम्म अध्यक्ष रहने गरी जाने विधान मस्यौदा बनाइएको पनि ओली यसमा सहमति देखिएका थिएनन् ।
आफ्नो भूमिकाकावारे दाहालले मलाई विश्वास छ, वामपन्थी एकता, कम्युनिस्ट एकताको पनि मैले नेतृत्व गरेर देशलाई अग्रगति दिनेमा मेरो भूमिका रहन्छ भन्ने मेरो विश्स्वास छ भन्दै प्रसंग सुरु गरेका थिए ।
उनले पार्टी एकता भनेको जवर्जस्ती हुने कुरा होइन, कसैलाई जवर्जस्ती छैन । न एमालेलाई जवर्जस्ती छ न माओवादीलाई छ भन्दै दाहालले प्रधानमन्त्रीको कार्यशैलीले एकता प्रक्रिया लम्बिदै गएको बताएका थिए ।
प्रतिक्रिया