देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैशाख ९ मा पार्टी एकता नहुने

देशान्तर

काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा टरेको बताए । श्रेष्ठका अनुसार विवादित विषय टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिइएको छ । दुबै प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएकाले अब पार्टी एकता हुने नहुने बिषयमा केपी शर्मा ओली र पुष्पकमल दाहालमा निर्भर रहेको छ । दुई अध्यक्षको बार्ताबाट निकास निस्कीएर बिवादित बिषयमा सहमति भएमात्र पार्टी एकताले मुर्तरुप लिने नेता श्रेष्ठले बताउनुभयो ।

यता,एमाले महासचिव इश्वर पोखरेलले पनि एकताका विषयमा देखिएका विवादित बिषमा सहमति बाटो नदेखिएको दाबी गर्दै पार्टीमा कसको कति प्रतिनिधित्व रहने भन्दा पनि सक्षम नेतृत्व र सक्षम पार्टी बनाउने बिषयमा सहमति हुन आवस्यक रहेको बताए । पोखरेलले चुनाव चिन्हको विषयमा खासै विवाद नभएको दाबी गर्दै विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल गर्न सकिने बताए ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागि थिए ।
एमाले–माओवादीमा निर्वाचन चिन्ह, जनयुद्ध र एकातामा सदस्य संख्या कति हुने भन्नेमा विवाद छ । यी विषयमा समितिमा सहमति नहुँदा एकतामा ढिलाई हुँदै आएको हो ।
नेताहरुले जनयुद्ध र निर्वाचन चिन्हमा सहमति जुटाउन कठिन नभएको बताएपनि सदस्य संख्याको अनुपातमा दुवै पक्षले आ–आफ्नो अडान नछोड्दा सहमतिमा ढिलाई भइरहेको बताएका छन् । एमालेले ७०–३० को अनुपातमा संगठन बनाउनुपर्ने भनेको छ भने माओवादीले ५०–५० को अनुपात बिना एकता नहुने बताउदै आएको छ ।