देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ मा छोरी जन्मिने बित्तिकै बीमा गर्ने नीति ल्याउने

देशान्तर

काठमाडौं ।  प्रदेश नम्बर २ को सरकारको ०७४ र ०७५ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई नेपाली काग्रेसबाहेक सबै दलले समर्थन गरेका छन ।

 

‘मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत छोरी जन्मने बित्तीकै बीमा कम्पनीसँगको साझेदारीमा छोरीहरुको शिक्षा बीमाको नीति ल्याउने र लिंग पहिचान गरी भ्रुणमै छोरी हत्या गर्नेलाई कडा कानुनी कार्वाही गर्न कानुन बनाउने प्रदेश सरकारले नीति लिएको छ ।

 

यस्तै, महिला माथि हुने हिंसा रोक्न कडा कानुन बनाउने र बनाएका कार्यक्रमहरुको नजिकबाट निगारानी गर्न महिला सुरक्षा डेस्क खडा गर्ने छ ।गएको चैत्र २८ गते प्रदेश नम्बर २ का मुन्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्याक्रम विधेक पेश गर्नुभएको थियो ।