देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तातोपानी नाका खुलाउन पहल र पुराना सम्झौताको समीक्षा गर्ने : मन्त्री ज्ञवाली

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग जोडिएको तातोपानी नाका खुलाउन चिनियाँ पक्षसँग अनुरोध गर्ने बताएका छन् ।

 

पाँचदिने चीन भ्रमणमा जानुअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले अरनिको राजमार्ग आसपासका नागरिकको जीवनसँग जोडिएको र नेपाल–चीनको सीमापार व्यापारसम्बन्धको महत्त्वपूर्ण हिस्सा बनेको तातोपानी नाका खुलाउन प्रयत्न गर्ने बताए ।

त्यस्तै बुढीगण्डकी परियोजनाका विषयमा भने सरकारले अध्ययन गरिरहेको उनको भनाइ थियो ।

 

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत परियोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) ले ठेक्का पाएको थियो ।

 

 

तर, देउवा नेतृत्वको सरकारले उक्त सम्झौता रद्द गरेको थियो । क्रस बोर्डर ट्रान्समिसन, पारवहन र पूर्वाधारका विषय भ्रमणका एजेन्डा रहेको ज्ञवालीको भनाइ थियो ।