काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मजदुरको नाउँ र लोकतन्त्रको नारा जपेर कम्युनिष्टहरु सत्तामा पुग्ने गरेको आरोप लगाएका छन्।निजामति कर्मचारी युनियन (संघ) प्रदेश नं. ४ को भेलालाई संवोधन गर्दै सोमबार पौडेलले विश्वका मजदुरहरु एक हौँ भनेर नारा लगाउने र लोकतन्त्रको माला जपेर सत्तामा पुग्ने तर, सत्ता पुगेपछि लोकतन्त्र र मजदुरको अधिकारलाई खत्तम पार्ने कम्युनिष्टहरुको चरित्र र परम्परा भएकोे टिप्पणी गरेका छन्।
वरिष्ठ नेता पौडेलले अहिले नेपालमा पनि दुईवटा कम्युनिष्ट पार्टीहरु लोकतन्त्र र मजदुर अधिकारको नारा लगाएर सत्तामा पुगेको बताउँदै अब उनीहरुले लोकतन्त्र र मजदुरको ट्रेड युनियन अधिकारमाथि धावा बोल्ने दावी गरे। सरकारले लोकतन्त्र र ट्रेड युनियन अधिकारमाथि धावा बोले कांग्रेस चुप लागेर नबस्ने चेतावनी उनले दिए।उनले कर्मचारीलाई कुनै दल वा पार्टीको मान्छे नभनी सर्वसाधरण जनताको पक्षमा काम गर्न आग्रह गरेका छन ।
यसका लागि देशव्यापी अभियान चलाउनुपर्नेमा जोड दिदैँ उनले निजामति कर्मचारीले यो अभियानको नेतृत्व लिनुपर्ने बताए। सत्ता र शक्तिको भन्दा पनि नियमसंगत काम लिएर आएका सर्वसाधरणको काम गर्नु पुण्यकर्म भएको बताए।
प्रतिक्रिया