काठमाडौं । विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । ७.२ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य भए पनि विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) दुवैले वृद्धिदर कम हुने प्रक्षेपण गरेका छन् ।एडीबीले यसअघिको ४.७ प्रतिशतको वृद्धि प्रक्षेपण संशोधन गर्दै ४.९ प्रतिशत हासिल हुने हालै सार्वजनिक गरेको थियो ।
विश्व बैंकले पनि गत वर्ष ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको नेपालमा यसवर्ष गएको तराईमा गएको बाढी, रेमिट्यान्स भित्रिने क्रममा आएको सुस्तता र कर्जाको व्याजदरमा भएको वृद्धिको प्रभाव रहने उल्लेख गरेको छ ।
हरेक वर्ष नेपालमा काम गर्न सक्ने जनसंख्या ३५ हजारको दरमा बढेको तर त्यही अनुसार रोजगारी सृजना हुन नसकेको पनि विश्व बैंकले उल्लेख गरेको छ । हरेक वर्ष मुलुकमा दुई लाख ४० हजार रोजगारी सिर्जना हुनुपर्ने विश्व बैंकले बताएको छ ।नेपालको सन् २०१९ र सन् २०२० मा आर्थिक वृद्धिदर थप घटेर क्रमशः ४.५ र ४.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ ।
प्रतिक्रिया