देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले र माओवादी एकतालाई कसैले रोक्न सक्दैनः खनाल

देशान्तर

विराटनगर । नेकपा एमालेका नेता झलनाथ खनालले एमाले माओवादीको एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन । पार्टी प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने उनले बताए ।

 

शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता खनालले पार्टी एकतालाई धर्तीको कुनै तागतले रोक्ने नसक्ने दाबी गरे । उनले भने, ५०(५० प्रतिशत भन्ने सहमति भएको छैन । समानताको आधारमा पार्टी एकीकरण हुन्छ, सहमति भएको कुरा पनि त्यही होे ।’

 

अघि भने, ‘९ वैशाख मा होस या १८ मा, अब पार्टी एकीकरण हुन्छ, हुन्छ । दुई पार्टीको एकतालाई यो धर्तीको कुनैपनि तागतले रोक्न सक्दैन ।’

 

पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्वन्धी अन्तिरिम विधान तयार भइसकेको भन्दै एमाले वरिष्ठ नेता खनालले त्यसमा सानातिना समस्या भए दुई दलको वैठक वसेर टुङ्ग्याउन सकिने बताए ।