काठमाडौं । सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरे
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउण्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
फाउण्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए ।
प्रतिक्रिया