देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ वर्ष २०७५ उत्साहका साथ नयाँ वर्ष मनाइदै

देशान्तर

काठमाडौं । आजबाट विक्रम संवतको नयाँ वर्ष २०७५ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन आज वैशाख १ गते देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना साटासाट गरेर मनाइरहेका छन् । नयाँ वर्षको अवसरमा अधिकांशहरु पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने र मन्दिरमा पूगेर पूजा गर्ने चलन रहेको छ ।

नयाँ वर्षको पहिलो दिन आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको समिक्षा गर्दै भावि योजना पनि तय गर्ने गर्दछन् । यसैगरि नयाँ वर्षको सुरुवातमा विहानै नुहाई धुवाई गरि देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

नयाँ वर्षमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जानेको भीड लागेको छ । नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लागेको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ ।