मोरङ । बलिउड अभिनेत्री मनिषा कोइरालाले गोली प्रहारबाट घाइते भएका धर्मगुरु श्रीनिवासाचार्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत श्रीनिवासाचार्यलाई भेट्न मनिषासँगै पिता प्रकाश कोइराला र आमा सुष्मा कोइराला पुगेका थिए ।
मनिषाले घटनाप्रति दुःख व्यक्त गर्दै श्रीनिवासाचार्यको स्वास्थ्यलाभको कामना गरेको बताइन् । त्यस्तै उनले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग समेत गरिन् । यसअघि, आचार्यलाई भेट्न मन्त्री लालबाबु पण्डित पनि अस्पताल पुगेका थिए ।
आचार्यमाथि गत गत चैत २४ गते राती गोली प्रहार भएको थियो । यसैवीच श्रीनिवासाचार्यमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुमध्ये दुई जना मोरङका र एक जना सुनसरी झापाका रहेका छन् । प्रहरीले घटना भएकै दिन २ जना र बिहीबार बेलुका २ सहित ४ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा बास बसेका आचार्यलाई दाहिने कुममा गोली लागेको थियो । स्वामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया