काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले मातहतका प्रहरी अधिकारीहरुलाई दत्तचित्त भएर आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएका छन । आईजीपीको पदभार सम्हालेपछि बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा खनालले प्रहरीले कसैसँग कानुनविपरित सम्झौता गर्न नहुने बताए ।
खनालले मुलुकको शान्तिसुरक्षाको जिम्मेवारी कुशलतापूर्वक निभाउन निर्देशन दिँदै प्रहरी संगठनको विकासका लागि आफूले पहल गर्ने बताए । उपत्यकाका ३ जिल्ला काठमाडौं, लतिलपुर र भक्तपुरका प्रहरी निरीक्षकभन्दा माथिका दर्जालाई निर्देशन दिँदै खनालले प्रहरी देश र जनताकोे सुख–दुःखको साथी भएको बताए ।
प्रहरी कानुनमा नझुक्न र नचुक्न पनि नहुने उनको भनाई थियो । खनालले आफ्नो नेतृत्वले संगठनलाई नयाँ गति दिने बताए । यसअघि खनालले आज नै प्रहरी हेडवार्टरको अवलोकनसमेत गरेका थिए ।
प्रतिक्रिया