काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम निर्धा्रित समयमै सक्न निर्देशन दिएका छन । स्वदेशी लगानीमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको जलविद्युत् आयोजनाको स्थलगत अवलोकनका क्रममा ढिलाइ हुने देखिएपछि उनले कुनै पनि हालतमा आयोजनाको काम निर्धा्रित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका हुन ।
तामाकोशी अयोजना निर्माणमा ढिलाइ हुँदा दैनिक ४ करोड रुपैयाँ नोक्सान हुने भन्दै उनले यस्तो निर्देशन दिएका हुन । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अहिलेसम्म ९४ दशमलव ४५ प्रतिशत काम सम्पन्न भएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आयोजनामा अहिलेसम्म ३७ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको र आयोजनाको लागत बढेर निर्माण अवधिको ब्याज बाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको जानकारी दिनुभयो ।
प्रतिक्रिया