काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक पद धारण गरेका सबैलाई आफना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेका छ । आफनो कार्ययोजना सार्वजनिक गर्दै अबको दुई बर्षभित्रमा नेपाललाई साक्षर नेपाल घोषण गर्ने उहाँको भनाई थियो ।
हरेक प्रदेशमा एक एक वटा आवासीय मातृभाषी विद्यालय स्थापना गर्ने र विद्यालय तहको पाठ्यक्रममा परिमार्जन गरिने भएको मन्त्री पोखरेले बताए ।
कार्ययोजनाअनुसार कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम र कक्षा शिक्षण वा बहुकक्षा शिक्षण व्यवस्था लागु गरिने छ । माध्यमिक तह (कक्षा ११ र १२) मा एकल पथिय पाठ्यक्रम लागु गरिने मन्त्री पोखरेलको कार्ययोजना छ ।
प्रतिक्रिया