एजेन्सी,अमेरिकी अधिकारीहरुले आगामी मेमा हुने वार्तामा आफ्नो आणविक हतियार भण्डारणका बारेमा छलफल गर्न उत्तर कोरिया तयार भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पहिलोपटक प्रत्यक्ष वार्ता गर्ने तयारी भइरहेको छ ।
औपचारिक वार्तामा बस्नुअघि दुवै पक्षबीच पटक–पटक गोप्य वार्ता हुँदै आएको ट्रम्प प्रशासन स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । वार्ता अमेरिका वा उत्तर कोरियामा नभई कुनै तेस्रो देशमा हुने बताइएको छ ।
प्रतिक्रिया