देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारमा पनि बरावरी अधिकारः माओवादी

देशान्तर

काठमाडौं । माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले सचिव सरुवाको विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहालसामु गुनासो गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले एक्लौटी निर्णय गर्दै सचिव सरुवा गरेको भन्दै माओवादी मन्त्रीले पार्टी नेतृत्वसामु गुनासो गरेका हुन्।

सचिव सरुवा प्रधानमन्त्रीको अधिकार भए पनि सरकारमा सहभागी माओवादीसँग कुनै सल्लाह नगरी प्रधानमन्त्री ओलीले एकलौटी ढंगले अघि बढेको माओवादी मन्त्रीहरुको गुनासो छ।

ललितपुरको खुमलटारस्थित माओवादी अध्यक्ष निवासमा आज बसेको मन्त्रीहरुको संयुक्त बैठकमा सरकार सञ्चालनको विषयमा छलफल भएको थियो। छलफलमा पार्टी अध्यक्ष दाहालले सचिव सरुवाका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै पार्टी एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढिरहेकाले सो विषयमा धेरै असन्तुष्टि नजनाउन मन्त्रीहरुलाई आग्रह गरेका थिए।

भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले ३० जना सचिवहरुको सरुवा गरेका गरेका थिए। पार्टीबाट सरकारको नेतृत्व गरिरहेका रामबहादुर थापा बादललाई सरकार सञ्चालनमा स्थापित गर्दै हरेक निर्णयमा सामूहिक रुपमा एकताबद्ध भएर प्रस्तुत हुने बैठकले निष्कर्ष निकालेको छ।