देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतैपनि राजनीतिक हस्तक्षेप हुँदैन: रक्षामन्त्री

देशान्तर

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी निकायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गरेका छन् ।
रक्षामन्त्री पोखरेलले राजनीतिक हस्तक्षेपका कारण कतिपय सरकारी निकायको दूर्भाग्यपूर्ण अवस्था आएको स्विकार गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल आँखा अस्पतालको ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी निकायलाई फष्टाउँन नदिने खालका कुनैपनि गतिविधि हुन नदिन सरकार सचेत रहेको पनि स्पष्ट पारे । मन्त्री पोखरेलले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै कार्य सम्पादन गर्न पनि सरकारी निकायलाई निर्देशन दिए ।

मन्त्री पोखरेलले आँखा अस्पतालले चेतनामूलक अभियान संचालन गर्दै आएकोमा खुशी व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन पनि दिए । कार्यक्रममा अस्पताल संचालक समितिका पूर्व अध्यक्षद्धय यादव खरेल र जनार्दन आचार्य तथा संचालक समितिका सदस्यहरु सोमना पोखरेल र कृष्णप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।