काठमाडौं । सरकारी स्वामित्वको एकमात्र वायु सेवा कम्पनी नेपाल एयरलाइन्सले आगामी एक वर्षभित्रमा वार्षिक १६ देखि १७ अर्बसम्मको आर्थिक कारोबार गर्न सक्ने रणनीतिक कार्यक्रम अघि सारेको छ ।
स्थापना भएको २८ वर्षपछि सुरुको भन्दा सकारात्मक र प्रभावकारी बनाउन निगमले १८ महिनाभित्र सबै नयाँ जहाजमात्र उडाउने र आन्तरिक व्यवस्थापन पनि यही हिसाबले सुधार गर्ने लक्ष्य राखेको छ ।
सुरुदेखि अहिलेसम्म राजनीतिक हस्तक्षेपको सिकार बन्दै आएको निगमलाई आगामी डेढ वर्षभित्र विश्वमै प्रतिस्पर्धी वायुसेवा कम्पनी बनाउने रणनीति केही महत्वाकांक्षी पनि देखिएको छ । सरकारी तथ्यांकअनुसार अहिले आन्तरिक र बाह्य गरी ८२ वटा कम्पनीले नेपालमा उडान गरिरहेका छन् ।
निजी क्षेत्रको फुर्तिलो व्यवस्थापनसँग भद्दा र खर्चिलो सरकारी स्वामित्वको निगमले प्रतिस्पर्धा गर्नु परेको छ । सरकारी स्वामित्वको कम्पनी भएकाले अन्यको तुलनामा व्यवस्थापन पक्ष धेरै खर्चिलो भएको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारको भनाइ छ ।
कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने र निगमको मात्रै निर्णयले नचल्ने हँुदा २८ वर्ष अगाडिदेखि नै निगमलाई निजी क्षेत्रका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न समस्या भइरहेको छ ।
प्रबन्ध निर्देशक कंसाकारका अनुसार एक समयमा ११ देशसँग सम्बन्ध गाँस्दै आन्तरिक उडानमा समेत दैनिक ३९ वटा उडान भर्दै आएको निगम अहिले खुम्चिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ अहिले आठ वटामात्रै गन्तव्य रहेका छन् भने आन्तरिकतर्फको उडानको अवस्था झन् नाजुक रहेको छ ।
भएका जहाज पुराना हुँदै बिग्रिँदै जाने र नयाँ जहाज थप्ने काम बन्द भएकाले कर्मचारी पाल्नसमेत समस्यामा परेको निगम अहिले भने नाफामा रहेको छ । हाल निगमसँग १४ सयभन्दा बढी कर्मचारी रहेका छन् ।
कर्मचारीहरूको समेत साथ पाएका कारण अहिले निगम नाफामा रहेको प्रबन्ध निर्देशक कसांकारले देशान्तरलाई बताए । निगमको व्यवस्थापन पक्ष अन्य कम्पनीको तुलनामा धेरै खर्चिलो रहेकाले आम्दानी बढाउन जहाज थप्नै पर्ने अवस्था आएकाले जहाज थपिएको कसांकारको भनाइ छ ।
यसअघि निगमले पसल मात्र थापेको तर, बिक्रीका लागि कुनै वस्तु नभएका कारण नाफा घटेको हो । निगमलाई आन्तरिक र बाह्य गन्तव्यमा प्रतिस्पर्धी बनाउन कर्मचारीलाई आधुनिक तालिमलगायतका विषयमा जानकारी गराइएको छ । रकम अभावले गर्दा लामो समयसम्म जहाज थप्न नसकेको निगमले अबका दिनमा भने रकमको समस्या नपर्ने जनाएको छ ।
सरकारी जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुईवटा वाइडवडी जहाज थप्न लागिएको र आगामी दिनमा पनि आवश्यक रकम दिन दुवै संस्था तयार रहेको कंसाकारको भनाइ छ ।
अहिले कर्मचारीको तालिम र व्यवस्थापनमा ठूलो खर्च रहे पनि यसलाई नियन्त्रण गर्दै चाँडो निर्णय गर्ने र छिटो सेवा दिने रणनीति निगमले लिएको छ । नियमन निकायसंँग समन्वय गरी यात्रुहरूलाई राम्रो खाना खुवाउनेदेखि धेरै पटक यात्रा गरेका यात्रुलाई फ्रि टिकट दिने व्यवस्था पनि निगमले गर्न लागेको छ ।
अबदेखि रणनीतिक परिवर्तन गर्दै ७५ प्रतिशतमा रहेको रेसियोलाई एक वर्षभित्र ८५ प्रतिशतमा पु¥याउने निगमको लक्ष्य छ । अहिले बाह्य उडानमा १० प्रतिशतमात्रै स्थान लिएको निगमले दुईवटा ठूला जहाज आएपछि १६ प्रतिशतभन्दा माथि पु¥याउने लक्ष्य राखेको छ ।
ठूला जहाज आएपछि युरोप र यसपछि अमेरिकासम्मका उडान गर्ने तयारी निगमको रहेको प्रबन्ध निर्देशक कंसाकारले जानकारी दिएका छन् । खर्चको अभाव नहुने भएपछि निगमले १८ महिनाभित्रमा सबै जहाज नयाँ भित्र्याउने भएको छ । वार्षिक दुईवटा नयाँ जहाज खरिद गर्ने र आन्तरिक उडानका लागि अहिले भएका पुराना जहाज बेचेर ६ वटा नयाँ जहाज खरिद गर्ने तयारी निगमको छ ।
लाउडा प्रकरणमा दुई अर्ब घाटा खाएको निगमले त्यसयता घाटा नखाए पनि कर्मचारी पाल्न अन्य कम्पनीको जस्तो ऋण माग्नु नपरेको कंसाकारले बताएका छन् । अहिले निगमले आन्तरिक व्यवस्थापन धान्दै मासिक ७ करोड ५० लाख आम्दानी गर्दै आएको छ ।
खर्चअनुसार र गन्तव्यअनुसार यो आम्दानी निगमका लागि नगण्य आम्दानी हो । पछिल्लो समयमा जहाज धेरै बिग्रिएकाले निगमको धेरै खर्च मर्मतसम्भारमा नै गएको देखिएको छ । प्रबन्ध निर्देशक कंसाकारका अनुसार— अहिले अन्तर्राष्ट्रिय गन्तव्यका लागि निगमका जहाजको माग बढेको छ ।
बाहिरी माग धान्नका लागि पनि अब थपिने दुईवटा ठूला जहाजले समेत नभ्याउने अवस्था देखिएको छ । खाडी मुलुकका सबै देशबाट दैनिक दुई उडानको माग भइरहेको छ । तर, जहाज अभावका कारण उडान थप्न समस्या भइरहेको छ । भारतको दिल्लीबाट मात्रै दैनिक तीनवटा उडानको माग भइरहेको छ ।
भारतका विभिन्न १२ सहरमा दैनिक उडान राख्न माग आएको निगमले जनाएको छ । सिंगापुरका लागि पनि उडान थप्नुपर्ने माग आएको छ । सन् २०१३ पछि आइकाओले नेपाली विमान असुरक्षित रहेको भन्दै सुधार गर्न पहल गरेपछि ईयू सम्बद्ध राष्ट्रहरूले नेपाललाई कालोसूचीमा राखेका छन् ।
एक वर्षभित्र कालोसूची हटाएर युरोपेली देशमा जहाज उडाउन बाटो खुलाउने तयारी भइरहेको कंसाकारको भनाइ छ । उनले कूटनीतिक तहबाट यसका विषयमा कुरा भइरहेको र चाँडै युरोप र अमेरिकाको उडान पनि सुरु हुने बताएका छन् । निगमले दिएको तथ्यांकअनुसार अहिले पनि निगमले हङकङ र दोहामा विश्वभरिकै उडानमध्ये दोस्रो स्थानमा हासिल गरेको छ ।
अहिले देखिएको पाइलटको समस्या पनि केही समयपछि हल हुने निगमले जनाएको छ । चीनबाट ल्याउन लागिएका पाइलटले अंगे्रजी बोल्न नजानेको र त्यहाँ अंग्रेजी बोल्ने पाइलट कम भएकाले समस्या परेको हो ।
निगमले चाँडै १६ जना पाइलट र १६ जना को—पाइलटको व्यवस्था गर्न लागेको जनाएको छ । प्रबन्ध निर्देशक कंसाकारले निगमको भविष्य निकै उज्ज्वल रहेको बताए । बजार प्रतिस्पर्धी भए पनि निगमको गुमेको विश्वास फर्काउन सकेमात्रै अर्बौंको कारोबार गर्न सक्ने अवस्था अझै पनि जीवितै छ ।
नेपाल आउन चाहने पर्यटक मात्रै निगमले ओसार्न सक्ने हो भने कुल बजारको ३० प्रतिशत सहजै हासिल गर्न सकिने कंसाकारले दाबी पनि गरेका छन् । यसका लागि निगमले अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्डमा जाने तयारी पनि थालेको छ । अन्तर्राष्ट्रिय मापदण्ड परीक्षणका लागि निगमले दुई जना विदेशी प्राविधिक ल्याउने तयारी गरिरहेको छ ।
कंसाकारले सरकारको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिने नीतिअनुसार एसियाकै सबैभन्दा महँगो गन्तव्यमध्ये नेपाल पनि परेको र विदेशी पर्यटक संख्या बढाउन नेपाल वायुसेवा निगमको ठूलो भूमिका हुनेमा विश्वास पनि देखाएका छन् । उनले मुलुकको भौगोलिक स्थितिलाई मध्यनजर गर्दै आन्तरिक उडानतर्फ मुलुकको आर्थिक र सामाजिक उत्थानमा ठूलो टेवा दिने निगमको लक्ष्य रहेको बताएका छन् ।
निगमले दिएको तथ्यांकअनुसार १९९० को अन्तर्राष्ट्रिय सेवातर्फ ११ वटा गन्तव्य सिद्धान्तलाई पहिलो प्राथमिकतामा राखिएको छ । यो लक्ष्यअनुसार जहाज र गन्तव्य थप्दै निगमले आफ्नो व्यापारिक कारोबार बढाउँदै लग्नुपर्नेमा जोड दिएको छ ।
आगामी दिनमा निगमले व्यापारिक कारोबार बढाउँदै विदेशी पर्यटक संख्या बढाउने कार्यमा मद्दत गर्न र मुलुकभित्रको हरेक विमानस्थललाई सुरक्षित बनाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।
अन्तर्राष्ट्रिय सेवातर्फ सन् २०१२ मा निगमले बोकेको यात्रु संंख्या दुई लाख मात्र रहेको र अहिले यो संख्या चार लाखभन्दा बढी पुगे पनि अझ दोब्बरले वृद्धि गर्ने लक्ष्य पनि राखेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हँुदै आएको कुल अन्तर्राष्ट्रिय हवाई यातायातको व्यापारको करिब १० प्रतिशत मात्र कारोबार लिन सकेको निगमले नयाँ दुईवटा वाइड बडी सञ्चालनमा आएपछि यो दर १७ प्रतिशतभन्दा माथि पु¥याउने अपेक्षा पनि गरेको छ ।
यसका लागि आवश्यक पर्ने जनशक्तिलाई व्यवस्थित र परिमार्जित गर्दै निगमलाई एक अन्तर्राष्ट्रिय स्तरकै प्रतिस्पर्धी संस्थामा परिणत गर्ने लक्ष्य भएको कंसाकारले बताए । कंसाकारले यसको लागि निगमले तीनवटा पक्षमा ध्यान दिएर अघि बढ्ने नीति लिएको दाबी गरेका छन् ।
पहिलो प्राथमिकता भनेको अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कुल आय बढाउँदै लग्ने हो ।
यही नीतिअन्तर्गत आउँदो १८ महिनाभित्र ६ वटा ट्वीनेटर र दुई वटा थप ठूला जहाज खरिद गर्ने प्रक्रिया सुरु गरिसकेको छ । नयाँ विमान थप्ने कार्यसँगसँगै निगमसँग भएका सबै पुराना विमानहरू आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरिनेछ ।
दोस्रो महत्वपूर्ण पक्ष भनेको हवाई सुरक्षा हो । हवाई सुरक्षालाई उच्च प्राथमिकता दिएर जुनसुकै मूल्य चुकाएर भए पनि सुरक्षा मापदण्ड पूरा गरेरै छाड्ने नीति कंसाकारले लिएका छन् ।
हवाई सुरक्षालाई उच्च प्राथमिकता दिएर जुनसुकै मूल्य चुकाएर भए पनि सुरक्षाको मामिलामा अन्तर्राष्ट्रियस्तरमा नै पु¥याउने कार्य प्रारम्भ पनि भइसकेको छ । यसको लागि इन्जिनियरिङ र सञ्चालनतर्फको मर्मतसम्भारतर्फ पनि अन्य एयरलाइन्सले गर्ने गरेको बढी प्रभावकारी प्रणाली अंगीकार गर्दै जाने नीति निगमले लिइएको छ ।
नयाँ आउने दुईवटा वाइड बडीको चारवटा इन्जिनको सम्पूर्ण मर्मतसम्भारतर्फ पनि अन्य एयरलाइन्सले गर्ने गरेको बढी प्रभावकारी प्रणाली अंंगीकार गर्दै जाने नीति निगमले लिइसकेको छ ।
उदाहरणको लागि नयाँ आउने दुईवटा वाइड बडीको चारवटा इन्जिनको सम्पूर्ण मर्मतसम्भार तथा सञ्चालनको जिम्मा निर्माता कम्पनीलाई नै दिन निगमले कम्पनीका पदाधिकारीहरूसँग छलफल सुरु गरिसकेको छ ।
टोटल केयर प्याकेज सेवाअन्तर्गत उक्त कम्पनीले बाहेक अरू कम्पनीले दिन नसक्ने र विश्वको करिब ९५ प्रतिशत एयरलाइन्सहरूले ठेक्का प्रणालीको अवधारणाअनुसार काम गरिरहेका छन् । निगमको हवाई सुरक्षा क्षमतालाई वृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरमा पु¥याउनेतर्फ आवश्यक प्रक्रिया पनि सुरु गरिसकेको छ । अहिले यसका लागि निगमले ४० करोड बिमाको रकम तिरिरहेको छ ।
यसमा थप सात करोड वार्षिक तिर्दै जाने र १२ वर्षसम्म ठेक्का प्रणालीमा जाने निगमको तयारी छ । यसरी चारवटा इन्जिनको सम्पूर्ण मर्मतसम्भार तथा सञ्चालनको जिम्मा इन्जिन निर्माता कम्पनीलाई नै सुम्पिँदा प्रत्येक महिना करिब ६ करोड लाग्ने अनुमान कंसाकारले गरेका छन् ।
यस सम्बन्धमा कम्पनीसँग वार्तालाप गरी केही हप्तामा नै टुंगोमा पुग्ने कंसाकारको भनाइ छ । यो प्रणालीमा गएपछि कुनै पनि बेला इन्जिन वा सामान्य दुर्घटनाका कारण जहाज रोकिने अवस्था नआउने निगमको दाबी छ ।
चराले ठोकेर अथवा अन्य जुनसुकै कारणले इन्जिनमा खराबी आए पनि सम्पूर्ण मर्मत खर्चलगायत जगेडा इन्जिनसमेतको व्यवस्था निश्चित समयमा गर्नैपर्ने मर्मत कार्यहरूका लागि कुनै थप शुल्क लागेमा सबै खर्च उक्त कम्पनीले नै व्यहोर्ने छ । निगमलाई एक अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट संस्थामा रूपान्तरण गर्न तेस्रो महत्वपूर्ण पाटोको रूपमा लिन सकिने आन्तरिक व्यवस्थापनलाई पनि प्रभावकारी बनाइनेछ ।
निगमभित्रको जनशक्तिको क्षमता र कार्यदक्षता, विधि प्रणाली, प्रक्रिया, निर्णय गर्ने सामथ्र्य, कर्मचारीहरूको कार्यसंस्कारमा परिवर्तन गरिने भएको छ ।
निगमको समग्र मूल्य मान्यतामा आँच आउन नदिन हरेक कर्मचारीको बानी व्यहोरा आदि पक्षहरू निरन्तररूपमा ध्यान दिएर निरीक्षण पनि गरिने निगमले जनाएको छ । एक सरकारी स्वामित्वको संस्था भए पनि अर्बौंको डलर कारोबार गर्ने विदेशी एयरलाइन्सहरूसँग निरन्तररूपमा प्रतिस्पर्धा गर्न सक्ने स्थिति पु¥याउने लक्ष्य निगमको छ ।
प्रतिक्रिया