काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले नक्कली राष्ट्रवादमा रमाएको आरोप लगाएका छन ।
प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको राष्ट्रवाद पहिलो भारत भ्रमणसँगै उदाङ्गीएको बताए । उनले नक्कली राष्ट्वादको आवरणमा भ्रम नछर्न प्रधानमन्त्री ओली र एमालेसँग आग्रह गरेका छन ।
पूर्व महामन्त्री समेत रहेका सिंहले गएको चुनावमा कांग्रेस पराजित हुनुको मुख्य कारण नेतृत्वको चरम अलोकप्रियता भएको बताउनुभयो ।
उनले कम्युनिष्टहरुसँग प्रतिष्पर्धा गर्न सक्ने पार्टी कांग्रेसलाई बनाउन पार्टीको नेतृत्व नै परिवर्तन आवश्यक रहेको बताए ।सिंहले कांग्रेसलाई पुरानै शैलीबाट चलाउन नसकिने भन्दै सांगठानीक सुदृढता र वैचारिक स्पष्टता आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया