एजेन्सी, सिरियाको डोमा सहरमा रासयनिक हमला भएको छ । हमलामा परेर ७० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । तर अमेरिकी विदेश विभागले हमलामा मर्नेको संख्या योभन्दा पनि बढी हुन सक्ने बताएको छ ।
पूर्वी गुटामा विद्रोहीको कब्जामा रहेको डोमा अन्तिम सहर हो । सिरियाको ‘द वाइट हेलमेट्स’ नामक एक स्वयम्सेवी संस्थाले ट्विटरमा केही तस्वीरहरु पोस्ट गरेर मृतकको संख्या बढ्न सक्ने जनाएको छ । यो संस्थाले ट्विटरमा १५० जनाको मृत्यु भएको उल्लेख गरेको थियो । तर पछि उक्त ट्वीट मेटाइएको छ ।
सीरियाली सरकारले भने रासायनिक हमलाको खबर ‘झुट’ बाहेक केही नभएको प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया