काठमाडौं । कृष्णसार (कालो हरिण) मारेको आरोपमा दोषी ठहरिएका बलिउड अभिनेता सलमान खानलाई जोधपुरको एक अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जोधपुर जिल्ला अदालतका न्यायाधीश रविन्द्रकुमार जोशीले सलमान खानलाई धरौटीमा रिह गर्न आदेश दिएको र उनी बेलुकी रिहा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।कृष्णसारको शिकार गरेको विषयमा न्यायाधीशले बिहीबार २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै उनलाई ५ वर्षको जेल सजाए तोकेका थिए । त्यसपछि सलामान खान थुनामा छन् ।फैसलामा न्यायाधीशले सलमान खान एक बहुचर्चित कलाकार भएको र उनको अनुसरण सर्वसाधारणले गर्ने बताएका छन् । यसका बाबजुद पनि सलमानले कृष्णसार शिकार गर्नु गैरकानुनी मात्रै नभएर आम सर्वसाधारणलाई पनि भड्काउने खालको भएको फैसलामा भनिएको थियो ।खान ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा हुने भएका हुन् । उनको जमानी बस्ने दुई जनाले पनि २५र२५ हजार रुपैयाँ धरौटी तिर्ने भएका छन् ।
सलमान खान दुईदिन जोधपुर जेल बसेका छन् ।शनिबार साझँ उनलाई जेलबाट बाहिर निकालिने जनाइएको छ । उनी छुटेको भन्दै उनका समर्थकले अदालत बाहिर खुशीयाली मनाएका छन् ।२० वर्षअघि फिल्म सुटिङका क्रममा जोधपुर पुगेका उनले कृष्णसारको शिकार गरेका थिए । कृष्णसार मारेको आरोपमा सलमान खान यसअघि पनि जेलमा बसिसकेका थिए ।
प्रतिक्रिया