देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा अरुण तेस्रोको शिलान्यास नहुने

देशान्तर

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला आज अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ ।
नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिलन्यास हाललाई रोकिएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले  जानकारी दिए ।
त्यसैगरी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको स्वीच अन गर्ने कार्यक्रम पनि छलफलमै रहेको र आजै हुने दुईपक्षीय वार्ताबाट टुंगो लाग्ने मन्त्री महासेठले बताएका छन् ।
वीरगञ्ज चेकपोष्टको भने दुबै देशका प्रधानमन्त्रीले स्वीच्ड अन गरेर उदघाटन गर्ने उनले बताएका छन् ।