काठमाडौं । कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले सलमान खानलाई ५ वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हरिण मारेको आरोपमा ५ वर्षको सजाय तोकेको हो ।
तर, सलमान खानले जेल जानु भने पर्नेछैन् । उनलाई अहिले नै बेल मिल्नेछ । यसअघि मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८ को यो मुद्धाका बारेमा २८ मार्चमा पूरा सुनुवाई गर्दै फैसला पछि सुनाउने घोषणा गरेका थिए ।
उनीसँगै सलमान खान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध मुद्दा दर्ता भएको थियो तर सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमालाई अदालतले सफाई दिएको छ ।
फैसला सुनाउनु अघि सलमानका वकिलले अदालतमा कम सजायको अपिल गरेका थिए भने सरकारी वकिलले धेरै भन्दा धेरै सजाय तोक्न अपिल गरेका थिए ।
प्रतिक्रिया