देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हटेन ठूला नोटको समस्या

देशान्तर

बैंक तथा बित्तिय संस्थाको लगानी बढीरहेको अवस्थामा ठूला नोट नहुदा कारोबारमा समस्या आएको छ । गएको दशै देखि लागेको पैसा हराउने रोग अहिले सम्म विषेक हुन सकेको छैन ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका समयमा हराएको झण्डै दूई खर्ब रकम बैंकिङ प्रणालिमा फिर्ता नहुदै नेपाल राष्ट्रबैंकले एकहजार दरका करिव १८ अर्बका नेपाली नोट हराएको सूचना दिएको छ ।

सात महिनाको अवधीमा बजारमा चलन चल्तिमा रहेका एकहजार दरका १ करोड ८० लाखवटा नोट यतिबेला बजारमा देखा नपरेपछि राष्ट्रबैंकले ठूला नोटको अभाव भएको जानकारी दिएको छ ।

राष्ट्रबैंकका अनुसार योरकम बराबरका नोट बजारमा नरहेको करिव डेढमहिना हुन लागेको छ । एमाले अध्यक्ष केपी शर्मा आलीले आफु प्रधानमन्त्री भएपछि सम्पति सुद्धीकरणको प्रक्रियालाई अघिबढाउने बताएपछि बजारवाट ठूला नोट हराउन लागेका हुन ।

ओलीले एकपटक आफ्नो सम्पति सार्वजनिक गर्न आग्रह गरेपछि ठूला नोट अहिले प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने व्यवसायीहरुले लुकाएको अनुमान गरिएको छ । बजारमा नदेखिएका र कुनैपनि बैंकिङ प्रणालीमा नआएका नोट गए कहाँ ? ।

बैंक तथा बित्तिय संस्थाहरुले ओलीको नेतृत्वको सरकार गठनपछि बैंकिङ प्रणाली बाहिरै पैसा ’होल्ड’ गर्ने क्रम बढेको दावी गरेका छन । बैंकहरुले एक हजार दरका नोटको अभावभएको निवेदन दिएपछि बैंकिङ प्रणाली भन्दा बाहिर पैसा होल्ड हुन थालेको भन्दै पछिल्लो एक महिनामा राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बैंकहरुलाई पठाएको छ । यति ठूलो रकम उपलब्धी बिहिन भएकै अवस्थामा सेयर बजारले पनि सरकारलाई धोका दिएको छ ।

बैंक तथा बित्तिय संस्थाहरुका अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्न अगाडी सम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणको हातमा गरि कुल चार खर्ब ५७ अर्ब रुपैयाँ बराबरको नोटहरु बजार चलनचल्तीमा रहेका थिए । तर, एकाएक ती नोट प्रणालीबाट हराउन थालेपछि राष्ट्र बैंकले १८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरुलाई पठाएको हो ।

एक महिनाको अवधिमा चलनल्तीको नोट चार खर्ब ७५ अर्ब रुपैयाँ पुगिसकेको छ । राष्ट्र बैंकले बजारमा पठाएको ठूलादरका नयाँ नोट सामान्यतया बजारमा पठाउनु पर्ने आवश्यकता बिरलैमात्र हुने गरेको जनाएको छ । यसअघि नोट पठाए पनि पुरानो नोट लिएर नयाँ नोट साटफेर मात्र गर्ने चलन थियो ।

तर यसपाली ठूला दरका नयाँ नोटहरु धमाधम बजारमा पठाइरहनु परेको राष्ट्रबैंक बताउँछ । चुनावमा भएको खर्च प्रणालीमा आउँछ भन्ने अनुमान विपरित राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउनु पर्ने अवस्थाले ठूलो आशंका जन्माएको डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले देशान्तरलाई बताए ।

यो पैसा कहाँ गइरहेको छ ? कसले होल्ड गरेको छ ?यसबिषयमा राष्ट्रबैंक अनबिज्ञ छ । नोट हराएको बिषयमा अनुसन्धान गर्न राष्ट्रबैंकले दुई वटा विभागलाई जिम्मा समेत दिएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामार्फत बजारमा पैसा पठाएपछि त्यो पैसा सर्वसाधारणको हातमा पुग्छ । कारोबारका क्रममा ती पैसा पुराना हुन्छन् र बैंक वित्तीय संस्थामार्फत राष्ट्र बैंकमा फेरी फर्किएपछि त्यसको वदलामा नयाँ नोट दिएर पठाउने चलन रहिआएको हो । तर एक महिनायता त्यसरी बैंकहरुबाट पुरानो नोट आएको छैन र बैंकहरुलाई उल्टै नयाँ नोट उपलब्ध गराउनु परिरहेको छ । यही कारण राष्ट्र बैंकले १००० दरका नोटको संचिति घट्दै गएको छ ।

स्टक घट्न थालेपछि राष्ट्र बैंकले १००० को ठाउँमा ५०० दरका नोट बजारमा पठाउन थालिसकेको छ । अहिले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न पाइँदैन । यसले बजारमा भएका पैसा पनि बैंकिङ प्रणालीमा हुनुपर्ने हो । उल्टै प्रणालीमा निक्षेप नबढ्ने र राष्ट्र बैंकको मौज्दात पनि घट्ने अवस्था आउनुले अवस्था शंकास्पद भएको राष्ट्र बैंकको ठम्याइ छ ।

गतवर्ष यस्तै पैसाले २५ अर्ब रुपैयाँले राष्ट्र बैंकको नोट कोष बढेको थियो । अहिले आएर बैंकमा नोटको माग बढ्दा केही शंका जन्मिएको डेपुटीगभर्नर शिवाकोटीको भनाईछ । पछिल्लो समयमा १० लाखको नगद कारोबारको सीमाले गर्दा व्यापारी, ठेकेदारहरुले दैनिक रुपमा चेक काटेर नगदको स्टक बढाउन थालेका भने बैंकमा नयाँ नोटको माग बढ्दै गएको छ ।

अर्को विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिटेन्स अहिले अमुक ब्यक्ति र संस्थामा जान थालेको छ । रेमिटेन्सलाई देखाएर अहिले व्यपारिले बैंकबाट दश दश लाखका दरले पैसा झिक्दै लुकाउन थालेका छन ।

शोधान्तर घाटा बढेसंगै भारतीय सीमावर्ती क्षेत्रमा भारु साटेर नेपाली रुपैयाँ राख्ने क्रम पनि बढेको छ । तराईका सिमा क्षेत्रमा अहिले पनि नोट बन्दीको त्रास हट्न सकेको छैन । ओली प्रधानमन्त्री भएपछि एकाएक ठूलो रकम प्रणालीबाट हराउनुलाई भने राष्ट्र बैंकका अधिकारीहरुले अर्कै तरिकाले विश्लेषण गरेका छन् । बामपन्थी सरकार आए लगत्तै भन्सारमा गरिएको कडाइ र सम्भावित त्रासले पनि पैसा लुकाउने प्रचलन बढेको छ ।

चालुवर्षको यो अवधीमा एउटा बाणिज्य बैंकले झण्डै दुईखर्व भन्दा बढी लगानी गरेका बाणिज्यबैंकहरु ठूला नोट नपाएर हैरान भएका छन । एकहजार दरका नोटको अभाव हुन नदिने भन्दै राष्ट्रबैंकले दिएको १८ अर्व पनि बैंकहरुलाई अचारमा छोप सरह भएको छ ।

केही वर्षअघिसम्म संकलन गरेको निक्षेपको ८० प्रतिशत पनि कर्जा लगानी गर्न नसकिरहेका बैंकहरु अहिले निक्षेपको ९२ प्रतिशतसम्म कर्जा लगानी गर्न थालेका छन् । चुक्ता पुँजीमा भएको वृद्धिको कारण बैंकहरु कर्जा वृद्धिमा आक्रामक हुन थालेका हुन् ।

२०७२ मा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पुँजी चार गुणाले बढाउने निर्देशन दिएयता बैंकहरुलाई कर्जा लगानी बढाएर नाफा वृद्धि गर्न पनि दबाब परेको छ । चुक्ता पुँजी वृद्धिपछि बैंकहरुमा कर्जा लगानी विस्तार गर्न आत्मविश्वास बढेको छ । तर, यतिबेला एकहजार दरका नोटको अभावले बैंकहरुलाई कारोवारमै समस्यापनि उत्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल चुक्ता पुँजी देखाएरै बैंकहरुले दुई खर्ब लगानी गरेका छन् । चैत दुई गतेको तथ्यांकअनुसार बैंकहरुसँग २२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको तथ्यांक छ ।

अहिले बैंकहरुले १९ खर्ब ६४ अर्ब कर्जा लगानी गरेका छन् । निक्षेपको तुलनामा कर्जा लगानी ८७ दशमलव ९ प्रतिशत रहेको छ । बैंकहरुले निक्षेप र प्राथमिक पुँजी जोडेर हुने रकमको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने व्यवस्था राष्ट्रबैंकले गरेको छ ।

यसमा प्राथमिक पुँजीमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी, सेयर प्रिमियम तथा लगानीकर्तालाई बाड्न योग्य रकम, दोहोरिने अग्राधिकार सेयर रहने व्यवस्था छ । बैंकहरुले निक्षेपको ८० प्रतिशतभन्दा बढी लगानी गरेको रकमलाई आधार लिने हो भने एक खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी प्राथमिक पुँजी देखाएर नै भएको छ ।

निक्षेपको ८० प्रतिशत बराबर कर्जा लगानी मात्रै १७ खर्ब ८७ अर्ब रुपैयाँ हुन्छ । बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी प्रवृत्ति विश्लेषण गर्ने हो भने २०७१ पुसअघि एकाध पटक बाहेक बैंकहरुको कर्जा लगानी निक्षेपकै तुलनामा भने ८० प्रतिशत बिरलै कट्ने गरेको थियो ।

समग्रमा कर्जा लगानी पनि नौं खर्बबाट बढेर १९ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको हो । कर्जा लगानीमा करिब दोब्बरले वृद्धि भएको छ ।  राष्ट्र बैंकले पनि बैंकहरुको लगानी विस्तारमा आत्मविश्वास बढेको बताइरहेको छ ।

गएको आइतवार देखि सुक्रवार सम्ममा मात्रै वाणिज्य बैंकहरुले एक अर्ब निक्षेप संकलन गरेका छन् । अब बैंकहरुको निक्षेप २२ खर्ब ४० अर्ब हाराहारीमा पुगेको छ । अघिल्लो साता बैंकहरुले २२ खर्ब ३५ अर्ब रुपैयाँ जम्मा गरेका थिए ।  स्थानीय मुद्रा २१ खर्ब ५७ अर्ब र विदेशी मुद्रा ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्रबैंकले जनाएको छ ।

बैंकहरुले एक अर्ब रुपैयाँको निक्षेप संकलन गर्दा ऋण लगानी भने ५ अर्ब रुपैयाँले बढेर १९ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । गत हप्ता बैंकहरुको १९ खर्ब ६४ अर्ब रुपैयाँ ऋण लगानी रहेको थियो । बैंहरुमा जम्मा हुन आएको निक्षेपमा पनि एकहजार दरका नोटहरुको अभानै देखिएको छ ।

पहिलेको तुलनामा थारै मात्र एकहजार दरका नोटहरु बैंक आउने गरेको उनिहरुको भनाईछ । राष्ट्रबैंकले तत्काल बजारबाट अभाव हटाउनकाम लागि ठूला नोट १८ अर्ब बजारमा पठाएपनि बैंकहरुले भने करिव एक खर्ब नयाँ नोट बजारमा आएमात्र समस्या समाधान हुने बताएका छन ।