देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशको आर्थिक अवस्था निराशाजनक छ ःअर्थमन्त्री खतिवडा

देशान्तर

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिबडाले देशको आर्थिक अवस्था निराशाजनक भएको बताउनुभएको छ । शुक्रबार संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले वित्तीय नीतिमार्फत् मुद्रा तथा पुँजीबजारको स्थायित्व र समावेशी विकासमा जोड दिइने बताएका छन । उनले जनचाहनाअनुरुप आर्थिक, सामाजिक रुपान्तरणका आवश्यक सरकारका नीति तथा कार्यक्रम तर्जुमा तथा आवश्यक कार्यान्वयन गर्ने अधिकार सरकारलाई प्राप्त भएकोमा खुसी व्यक्त गरे । त्यसका लागि सरकारका निति, प्राथमिकता तथा कार्यक्रमलाई सबैको सहयोग प्राप्त हुने विश्वाश उनको छ ।
अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । उनले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धी हात पार्न नसकिने अवस्था आएको बताए ।देशको समग्र आर्थिक अवस्थाको जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले स्थापित मान्यता विपरीत कर छुट दिने गरेको पाइएको बताए ।उनले अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक बताउँदै उनले गैरबजेटरी खर्चका नियन्त्रण हुन नसकेको बताए ।
सरकारले आफ्ना प्रतिबद्धता अनुसार काम गर्न इमान्दारिता देखाउनुपर्ने उहाँको भनाई छ । उहाँले निजी र सहकारी क्षेत्रका कामलाई प्रोत्साहन गरिने भन्दै प्रदेश र स्थानीय तहलाई राजस्व संकलन गरी स्रोत परिचालन गर्न हौसला दिइने पनि बताउनुभयो ।