काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सयदिने कार्ययोजना सार्वजनिक गरेका छन् । शुक्रबार बिहान पर्यटन बोर्डमा भएको कार्यक्रममा उनले सयदिनभित्र गर्न सकिने कार्यक्रम र योजना सार्वजनिक गरेका हुन् ।
उनले विशेष महत्वका साथ अहिले १८ घन्टा सञ्चालनमा रहेको त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसैगरी निगममा रहेका आन्तरिक उडानका लागि उपयुक्त ८ जहाजमध्ये ६ वटा अधिकतम क्षमताका साथ उडान गर्ने, आन्तरिक उडानका लागि थप विस्तार गर्न २ वटा विमान खरिद प्रक्रिया सुरु गर्ने, काष्ठमण्डप र रानीपोखरी निर्माणमा देखिएको विवाद तत्काल टुंगो लगाउने, आन्तरिक उडानका लागि अन्य कुनै पनि विकल्प खोजेर त्रिभुवन विमानस्थललाई अन्तर्रा्ष्ट्रिय उडानका लागि प्रयोग गर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया