काठमाडौं । सोमबार बिहान भारतको चेन्नाईस्थित इन्डियन ओभरसिज बैंकमा भएको लुटपाटमा संलग्न एक जनालाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो ९एनसीबी० काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिकाका कर्णबहादुर शाही छन् । उनी भारतमा बैंक चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरेको थियो ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखेर आवश्यक सोधपुछ भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक ९एसपी० उमाप्रसाद चर्तुवेदले बताए ।
उनले प्रारम्भिक बयानका क्रममा आफू पनि त्यो घटनामा अन्यसँगै रहेको स्वीकारेको स्रोतको भनाइ छ । यद्यपि, घटनामा उनको संलग्नता बारे खुलाइएको छैन ।घटनामा बैंकका दुई सेवाग्राही चेन्नाईकै मरिया एन्बालागान र यूएईकी सुचित्राको लकरबाट ४० लाख रुपैयाँ बराबरको नगरगहना र नगद चोरी भएको थियो ।
प्रतिक्रिया