काठमाडौं । पाँचतारे होटर्ल याडिसनका अध्यक्ष तथा सरस्वती गोविन्द फाउण्डेसनका अध्यक्ष गोविन्ददास श्रेष्ठले एक करोडभन्दा बढी रकम गरीब तथा जेहेन्दार विद्यार्थीका लागि प्रदान गर्नुभएको छ ।
रोटरी क्लब अफ पाटनमार्फत ललितपुरका सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वर्षेनी १० लाखका दरले छात्रवृत्ति दिन लागिएको हो । सो सम्बन्धी सम्झौतामा फाउण्डेसनका अध्यक्ष गोविन्ददास श्रेष्ठ र रोटरी क्लब अफ पाटनका अध्यक्ष चन्द्रलेखा कायस्थले हस्ताक्षर गर्नुभएको हो ।
यो रकम नेपालका व्यक्ति र संस्थाको तर्फबाट अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको रोटरी क्लबले जनाएको छ । सम्झौता लगत्तै क्लबले ललितपुर जिल्लाका २७ वटा सार्वजनिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई दिइदै आएको २ हजार छात्रवृत्ति रकममा वृद्धि गरेर ३ हजार र्पुयाइएको रोटरीले जनाएको छ ।
यो कार्यक्रमले कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई सहयोग पुग्ने र भविष्यमा ११ र १२ कक्षासम्मका लक्षित विद्यार्थीलाई वाषिर्क ५ हजारको छात्रवृत्ति दिने गरी विस्तार गरिने भएको छ ।
सम्झौतामा हस्ताक्षरपछि रोटरी क्लब अफ पाटनले सामाजिक काममा अहिलेसम्मकै सबैभन्दा ठूलो रकम सहयोग गरेको भन्दै फाउण्डेसनका अध्यक्ष गोविन्ददास श्रेष्ठलाई ‘पाउल हारिस फेलो’को प्रमाणपत्र सहित सममान गरिएको थियो ।
प्रतिक्रिया