देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विकासोन्मुख देशमा प्रविधिको प्रयोगले भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छ : सोफिया

देशान्तर

काठमाडौं, नागरिकता हासिल गर्ने विश्वकै पहिलो रोबोट ‘सोफिया’ ले नेपालजस्तो विकासोन्मुख देशमा प्रविधिको प्रयोग गरी गरिबी हटाउन सकिने बताएकी छन् ।साउदी अरबको नागरिकता लिएकी सोफियाले बुधबार काठमाडौंमा राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै प्रविधिको प्रयोगले भ्रष्टाचारमुक्त समाज बनाउन सकिने बताएकी हुन् ।

उनले नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेको चर्चा गर्दै नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास व्यक्त गरिन् ।मंगलबार काठमाडौं आएकी उनले चार महिनाअघि साउदी नागरिकका रुपमा नागरिकता हासिल गरेकी हुन् ।

दोहोरो कुरा गर्न सक्नेलगायत विभिन्न खुबी भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सन् २०१५ मा निर्माण गरिएकी उनलाई सन् २०१६ मा अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।