एजेन्सी, उत्तर कोरिया, अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा केही हदसम्म सुधार आउन सक्ने आंकलन भइरहेकै बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरेका हुन ।सैन्य अभ्यासमा तीन लाख भन्दा बढी सैनिकले भाग लिने छन् ।यद्यपि, दुबै देशले भने उत्तर कोरियाबिरुद्ध कुनै कारबाहीका लागि यो अभ्यास हुन नलागेको प्रष्ट्याएका छन् ।
गत मार्चमा सुरु गर्ने भनिएको अभ्यास शीतकालीन ओलम्पिकको आयोजना र उत्तर कोरियाको नरम नीतिका कारण पर सारिएको हो ।यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनले गरेको निमन्त्रणा स्वीकारेका छन् ।अमेरिकासँगको सम्बन्ध सुधार्नका लागि उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने निर्णय गरेका अनुमान गरिएको छ ।
प्रतिक्रिया