युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले नेपालमा गत मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा निर्वाचन आयोगको काम पारदर्शी नभएको निष्कर्ष निकालेको छ ।
नेपालको आगामी निर्वाचन प्रक्रियामा सुधारका लागि २९ बुँदे सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्दै ईयूले काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगको काम अध्ययन पछिको निष्कर्ष सार्वजनिक गरेको हो ।
सरोकारवाला सँगको नियमित परामर्शका लागि आयोगको कुनै पनि संयन्त्र नरहेको ईयू निर्वाचन पर्यवेक्षण मिसनले औँल्याएको छ । मतदताको सहभागीता र बदर मतहरु सम्बन्धी महत्वपूर्ण सूचना प्रकाशन गर्न आयोग विफल भएको मिसनकी प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले बताउनुभयो ।
प्रतिक्रिया