देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसाग परामर्श गर्दै

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका प्रदेश मख्यमन्त्रीहरुसँग आज छलफल गर्दै हुनुहुन्छ । प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा प्रदेश मुख्य मन्त्रीसँग जानकारी लिने प्रधानमन्त्री ओलीको योजना रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रदेश सरकार बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाउनुभएको हो । प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ ।

खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि योे बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल गर्ने सरकारको तयारी छ । प्रदेश सरकारले बनाउनुपर्ने कानुनको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला आजको बैठक डाकिएको हो ।