देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवस आज

देशान्तर

नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आठौं स्मृती दिवस कांग्रेसका शुभेच्छुक तथा भातृ संघसंगठनले बिभिन्न कार्यक्रम गरेर मनाइदै छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र शान्ति तथा संविधान निर्माण प्रक्रियामा कोइरालाको भूमिका महत्वपूर्ण मानिन्छ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं जारी शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसामा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।

२०४६ पछि मृत्युपर्यन्त नेपाली राजनीति आफ्नै वरिपरी घुमाउन सफल कोइराला शुरुतिर कम्युनिष्टप्रति असहिष्णुता देखिए पनि जीवनको उत्तरार्द्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्न पुग्नुभएको थियो ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको कोइरालाको अडानले नै संसद पुर्नस्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो । कोइरालाले लिएको अडानका कारण आज संविधान जारी भएर संविधान कार्यान्वयन भएको छ ।