चितवन । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुललालले आर्थिक समृद्धि र विकासका लागि सकारात्मक सोच आवश्यक रहेको औँल्याउनु भएको छ। भरतपुरमा मंगलबार भएको अन्तरक्रियालाई सम्बोद्धन गर्दै मन्त्री दुलालले व्यक्ति, परिवार र समूहले स्वार्थभन्दामाथि उठेर समाजका लागि केही गर्छु भन्ने भावना जागृत भएमा स्थानीय तहबाटै देशमा आथिक समृद्धि सम्भव हुने प्रतिक्रिया दिए।
आर्थिक विकास र समृद्धिको नारा लिएर राजनीतिक दल निर्वाचनमा होमिएको स्मरण गदै उनले भने, ‘सबैको प्रतिबद्धता भनेको विकास र समृद्धि नै हो। त्यो दलीय प्रतिबद्धता पूरा गर्न सकारात्मक सोचकासाथ अघि बढ्नुपर्छ।’ मानव वेचविखन र लैंगिक हिंसा अन्त्यको अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रममा मन्त्री दुलालले समाजलाई विभेदरहित बनाउन र लंैगिक समानताका लागि कार्यक्रम अघि बढाउन आफ्नो मन्त्रालयले ध्यान केन्द्रित गरेको पनि उल्लेख गरे।
‘समाज रुपान्तरणका लागि सकारात्मक सोच’ विषयक कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल र विजय सुवेदीले कानुनमा व्यवस्था भएपनि व्यवहारिक रुपमा अझै समानता हुन नसकेको भन्दै यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया