देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले बोलाए बुधवार मुख्यमन्त्री सहितको भेला

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्य मन्त्री र उच्च अधिकारीहरुलाई बुधवार (भोली) काठमाण्डौ बोलाएका छन । प्रदेश सरकारहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई काठमाडौं बोलाएका हुन् ।

 

ओलीले भोली सबै प्रदेशका मुख्य मन्त्री र सचिवहरुसंग सामुहिक रुपमा छलफल गरी प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रदेश सरकारका मुख्य मन्त्री र मन्त्रीहरु काम नभएको भन्दै काठमाडौं मै बस्न थालेपछि ओलीले छलफल गर्न लागेका हुन् । मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न नपाएको गुनासो गर्दै आएका छन । प्रधानमन्त्री ओलीले सोमवारमात्रै मन्त्रीलाई दिने गाडी नभएकाले प्रदेशमा मन्त्रिपरिषद सानो बनाइएको बताएका थिए ।

प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरुको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला भोलीको छलफलमा प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउन लागिएको छ ।

 

प्रधानमन्त्री ओलीले प्रदेश सरकार सन्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी दिने भएका छन् ।

पहिलो पटक संघीय अभ्यासमा मुलुक गएकाले प्रदेश सरकारहरु आफैं सन्चालन हुन समय लाग्ने कानुन मन्त्री शेरबहादुर तामाङले बताएका छन् । तत्कालका लागि केन्द्रबाटै प्रदेशहरुलाई नमूना कानुन बनाएर पठाउनेदेखि, प्रदेशसभाबाट कानुन बनाउन सहजीकरण गर्न छलफल ठाकिएको मन्त्री तामाङको भनाईछ ।