देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन गरी सर्वस्वीकार्य बनाइनु पर्छ: डा. भट्टराई

देशान्तर

काठमाडौं।नयां शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनमार्फत् संघीयताको व्यवस्थापन गरी सर्वस्वीकार्य बनाउनु पर्ने बताएका छन् ।

नयां शक्ति पार्टी नेपालको हिजोदेखि लहानमा आयोजित ‘प्रदेश नंं. १ र २ को लुम्बिनी बैठक भाव सम्प्रेषण’ कार्यक्रम अन्तर्गत आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक डा. भट्टराईले त्यसका लागि पहिलो संविधानसभाको राज्य पुनःसंरचना समिति र आफू प्रधानमन्त्री रहेको बेला बनेको राज्य पुनःसंरचना आयोगको प्रतिवेदनलाई आधार बनाउनु पर्ने औंल्याए ।

जातीय एकता कायम गर्दै तत्काल संविधान संशोधन गरे मात्र मुलुकमा दिगो शान्ति स्थापना हुने र त्यसले विकास समृद्धि कायम हुने पनि उल्लेख गरे । मुलुकको मधेशी थारु– आदिवासी जनजाती र खस आर्यसहितको मुख्य क्लष्टरलाई समावेशी समानुपातिक प्रतिनिधित्वसहितको राज्य सत्ता बन्न सके मात्र मुलुकमा दिगो शान्ति स्थापना हुने र त्यसका लागि आफ्नो पार्टी लडिरहेको संयोजक डा. भट्टराईले औंल्याए ।

बाम गठबन्धनको सरकारप्रतिको नयाँ शक्तिको धारणाको विषयमा संयोजक भट्टराईले विचार मरिसकेको र आवरण मात्र रहेको गठबन्धन सरकारले मुलुकको समृद्धि र विकासको नारा लगाएपनि मुख्य कुरा संविधान संशोधन नगरी समस्याको हल नहुने र त्यसका लागि आफ्नो पार्टीले प्रतिपक्षमा बसेर राम्रो कामका लागि सघाउने बताए ।