देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गर्यो : सभापति देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन ।
निजामति कर्मचारी युनियन संघको सातौं महाधिवेशन उद्घाटन गर्दै उहााले केपी ओली नेतृत्वको सरकारले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गर्न बाध्य बनाएर न्यायालयमाथि हस्तक्षेप गरेका आरोप लगाएका छन ।
सभापति देउवाले ओली सरकारले दुई तिहाई बहुमतको दम्भ देखाएर न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै त्यो कांग्रेसलाई सह्य नभएको बताए ।
कांग्रेस स्वतन्त्र न्यायालय र स्वतन्त्र कर्मचारीतन्त्रको पक्षमा रहेको भन्दै उनले सरकारले यी दुई अंगमा हस्तक्षेपकारी भूमिका खेले कांग्रेसले त्यसविरुद्ध डटेर सामना गर्ने चेतावनी दिएका छन ।
वर्तमान सरकारले कर्मचारी सरुवा, बढुवामा हस्तक्षेप गर्ने सम्भावना बढेको भन्दै सभापति देउवाले त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने जिकिर गरे ।