देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्रधानन्ययाधीश हटाएपछि सरकारको स्पष्ट अनुहार देखियो’

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले बर्तमान बाम गठबन्धन सरकारको अनुहार स्पष्ट पारेको बताएका छन् । उनले सरकार कुन दिशामा जाँदैछ भन्ने लक्षण प्रधानन्ययाधीशको अपमानपूर्ण बर्खास्तीले देखाएको बताए ।

नेपाल शिक्षक संघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आयोजित चियापान कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकार विधी र प्रक्रिया छोडेर बलजफ्ती गर्दैछ भन्ने सचिवको पत्रद्धारा प्रधानन्ययाधीश हटाएबाट स्पष्ट भएको बताए । नेता भट्टराईले नेपाली कांग्रेसले लोकतन्त्र र संघीय गणतन्त्र नेपालको संविधानको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा अर्को केन्द्रीय सदस्य प्रदीप पौडेलले बाम गठनबन्धनको सरकार नेपालीका लागि सहज नहुने भन्दै लोकतान्त्रीक पद्दतीको संरक्षणका लागि सवै पेशा व्यवसायी तथा बिद्यार्थी, शिक्षकहरु एकत्रित हुनुपर्ने बताए । सो कार्यक्रममा नेपाल शिक्षक संघका नवनिर्वाचित अध्यक्ष राजेन्द्रराज पौडेल, निबर्तमान अध्यक्ष राजेन्द्रराज पौडेलले नेपाली कांग्रेस प्रति नेपाली प्रजातन्त्रवादी शिक्षकहरुको गुनासो रहेको भन्दै यस्ता कार्यक्रम र छलफलले सम्बन्ध स्थापित गर्ने बताए ।