देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युवा जागरण अभियान अब पूर्वतर्फ

देशान्तर

काठमाडौं । कांग्रेस निकट युवाहरुले अघि बढाएको युवा जागरण अभियानले अभिमुखीकरण तथा छलफल कार्यक्रमलाई तीनवटा प्रदेशमा संचालन गर्ने भएको छ । प्रदेश नम्बर तीन दुई हुँदै अभिमुखिकरण तथा छलफल कार्यक्रम प्रदेश नम्बर एकका जिल्लाका साता दिनभन्दा बढि संचलन हुने अभियानका संयोजक चिन्तन पौडेलले जानकारी दिए ।

काँग्रेस युवा नेता एवं सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तनको नेतृत्वमा अघि बढेको यस अभियानले अभिमुखिकरण तथा छलफल कार्यक्रम प्रदेश नम्बर तीनको सिन्धुलीबाट थाल्ने बताइएको छ । प्रदेश नम्बर तीनको सिन्धुलीमा चैत्र १० गते कार्यक्रम संचलन हुने तय भएको छ । कार्यक्रमका लागि अभियानको टोली चैत्र ९ गते सिन्धुली तर्फ जाने कार्यक्रम रहेको छ । त्यसैगरि प्रदेश नम्बर दुईको सिरहामा ११ गते, धनुषामा १२ गते, रौतहटमा १३ गते र १४ गते सप्तरीमा अभियानले अभिमुखिकरण तथा छलफल कार्यक्रम तय गरेको पौडेलले बताए ।

त्यसैगरि प्रदेश नम्बर एकको मोरङमा १५ गते र १६ गते सुनसरीमा अभियानका कार्यक्रम संचालन गर्ने भएको छ । अभियान सुनसरीको बराह क्षेत्रमा पुगेर यो चरणको कार्यक्रम समापन गर्ने छ । प्रदेश नम्बर चारको तनहुँमा पत्रकार सम्मेलन गरेर सुरु गरेको अभियानले यसअघि नेपालगञ्ज सुर्खेतमा कार्यक्रम संचालन गरिसकेको छ ।

राजनीतिमा युवाहरुको आकर्षण बढाउन, आर्थिक विकास, समृद्धि र सुशासनका लागि राज्यलाई खबरदारी गर्न युवा जागरण अभियान सुरु अभियानका संयोजक पौडेलले बताउदै आएका छन् । युवाहरुमा चुलिएको राजनीतिक वितृष्णालाई कम गर्न, उनीहरुलाई मोटिभेशन गर्न, काँग्रेसभित्रका विकृतिहरु न्यूनीकरण गर्दै लैजान विभिन्न तह र तप्काका युवाहरुलाई समाहित गरेर जागरण अभियान सुरु गरिएको उनले बताए । काँग्रेस कमजोर हुनुमा पार्टी भित्रको गुटबन्दी, विचार र योगदानका आधारमा भन्दा पनि आर्थिक र राजनीतिक प्रभावका आधारमा व्यवहार गर्ने नेतृत्वको प्रवृत्ति प्रमुख कारण रहेको भन्दै पौडेलले जनभावनाअनुसार नेतृत्वले विचार प्रवाह र नाराहरु दिन नसक्दा जनतामा गैरलोकतान्त्रिक शक्तिहरुतर्फ आकर्षिक बनेको बताए ।