देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यक्षेत्र नजाने कर्मचारीलाई बर्खास्त गर्छुः मन्त्री पण्डित

देशान्तर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको समेत स्पष्ट पारे । कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै मन्त्री पण्डितले कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा समेत खोस्ने चेतावनी दिएका छन् ।

मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरुले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्दै मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न कर्मचारीहरुलाई निर्देशन दिए । निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निशेष गर्ने घोषणा पनि गरेका छन् । कोही कसैको दवावमा सुरुवा, बढुवा गर्ने काम हुनै नसक्ने स्पष्ट पार्दै मन्त्री पण्डिपण्डितले निजामति कर्मचारीलाई लामो विदामा बस्ने छुट समेत नभएको बताए ।