देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशले आफ्ना नागरिकको शव आज लैजादै

देशान्तर

काठमाडौं । यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (आज) काठमाडौंबाट ढाका लगिँदैछ ।ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र ४ बजे बंगलादेश आर्मी स्टडियममा राखिने छ ।
श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् ।यूएस बंगला एयरलाइन्सको बीएस२११ बिमानमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो । घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ । २६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् ।
यसैगरी, १० जना घाइते बंगलादेशीमध्ये २ जनालाई सिंगापुर लगिएको छ भने ६ जना ढाका मेडिकल कलेज हस्पिटलमा उपचाररत छन् । यस्तै, एक जनालाई दिल्ली लगिएको छ ।