देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘तामाकोसी सेयर विवाद’ उत्कर्षमा सोमबार दोलखा बन्दको आह्वान

देशान्तर

दाेलखा। बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणाका साथ अघि बढेका छन् । उनीहरुले माथिल्लो तामाकोशीको १० प्रतिशत सेयर वितरण प्रक्रिया न्योयोचित नभएको भन्दै (भोली) सोमबार सदरमुकाम चरिकोटमा एक घण्टा बन्दको आव्हान गरेको छ ।

तामाकोशीको सेयर वितरणमा अति प्रभावित दोलखाका उत्तरी गौरिशंकर र लामाबगरलाई ‘क’ वर्गमा र बाँकीलाई ‘ख’ वर्गमा वर्गिकरण गरी सेयर वितरण गर्नुपर्ने उनीहरुको माग छ । आफुहरुको माग सुनुवाई नभए सम्म सोमबार देखि निरन्तर यस्ता कार्यक्रम प्रक्रियागत रुपमा अघि बढ्ने संर्घष समितिका संयोजक बर्मा लामाले जानकारी दिनुभयो ।

यसअघि नै पत्रकार सम्मेलन गरी कांग्रेस युवा नेता समेत रहनुभएका लामाले दोस्रो पटक दिएको अल्टिमेटम अवधिभित्र पनि माग सुनुवाई नभए आन्दोलनमा उत्रने चेतावनी दिनुभएको थियो । तर यी कुनैपनि विषयमा सम्वधित निकायले चासो नदेखाउदा आन्दोलनका कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो ।

संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै माग पूरा नभए चैत १० गतेदेखि माथिल्लो तामाकोशी आयोजना र आयोजनासँग सम्बन्धित ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीका सवारी साधनलाई जिल्ला प्रवेशमा निषेध गर्ने जनाएको छ ।

नेकपा मालेका पोलिटब्युरो सदस्य रेशमराज रिमालले शेयर दलाल र आयोजनाबाटै दोलखाली जनतालाई अन्याय हुनेगरी शेयर निष्कासनको तयारी भएको बताएका छन् ।

समितिले यसअघि दोलखावासीका लागि छुट्याइएको १० प्रतिशत शेयर वितरण गर्नुपूर्व शेयर वितरण मोडालिटी सच्याएर मात्र शेयर बाँडफाँड गर्नुपर्नेसहित सातबँुदे माग अघि सारेको थियो ।

समितिले शेयरको अधिकतम र न्युनतम मुल्यलाई तीन देखि ३० हजारबाट घटाएर तीनदेखि १० हजार कायम गर्न, जिल्लावासीलाई वितरण गरेर बाँकी रहने शेष शेयरको सम्बन्धमा ग्यारेन्टी गर्न र आयोजनाको मुख्य प्रभावितमध्येको गौरीशंकर गाउँपालिका–९ मा तत्काल सडक पु¥याउनुपर्ने माग गरेको छ ।

माथिल्लो तामाकोशी आयोजनाले धितोपत्र बोर्डबाट स्वीकृति लिएर यही चैत महिनाभित्र शेयर निष्कासनको तयारी गरिरहेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखावासीका लागि रु १ अर्ब पाँच करोडको शेयर निष्कासन गर्न लागेका बेला दोलखामा विवाद र आन्दोलन सुरु भएको हो ।