देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिपक मनाङ्गेविरुद्ध रेड कर्नर नोटिस जारी

देशान्तर

 

काठमाडौं  ।  प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभा सदस्यमा निर्वा्चित ’फरार माननीय’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई खोजी गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा दोषी ठहर भएको तथ्य बाहिर आएसँगै फरार छन् । उनले सांसदको शपथसमेत लिएका छैनन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

मनाङेलाई अब इन्टरपोलमा १९२ देशका प्रहरीले खोजी गर्नेछन् । फरार रहेका मनाङे भारतमा लुकेर बसेको प्रहरीको दाबी छ ।