काठमाडौं । काठमाडौंमा गएको सोमबार भएको यूएस बंगला विमान दुर्घटनामा मृत्यु भएका मध्ये केहीको शव अझै पहिचान हुन सकेको छैन । शव पहिचान गर्न गाह्रो हुँदा आफन्तलाई बुझाउन नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृत्यु भएका केहीको दोर्होयाएर पहिचान गर्नुपर्ने भएको छ । आफन्त तथा परिवारले दिएको जानकारी अनुसार कोठी, खतलगायतको परीक्षण गर्नुपर्ने हुँदा शव बुझाउन अझै केही समय लाग्ने अस्पतालले जनाएको छ ।विमान दुर्घटनामा मृत्यु भएका आफन्तले १ हप्तासम्म पनि शव नपाएको भन्दै आपत्ति जनाएका छन् । दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया