देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विज्ञताको सही प्रयोग हुन नसक्दा वातावरण प्रदूषण : मन्त्री पण्डित

देशान्तर

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विज्ञताको सही प्रयोग हुन नसकेका कारण वातावरण प्रदुषण लगायतका समस्या निम्तिएको बताएका छन् ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको शनिबार राजधानीमा उद्घाटन गर्दे मन्त्री पण्डितले विज्ञले आफ्नो विज्ञताको सही ढंगले प्रयोग नगरेकाले समस्या श्रृजना भएको बताएका हुन् ।

राजधानीको अव्यवस्थित शहरी विस्तारका कारण निम्तिएको नदी नाला प्रदुषणको असर मकवानपुर सम्म पनि देखिने गरेको भन्दै उनले इन्जिनियरहरुलाई ठिक तरीकारले आफ्नो विज्ञता प्रयोग गर्न सुझाव दिए । उनले शहरी विकासको डिजाईन परिर्वतन गर्न पनि आग्रह गरे ।

जलस्रोतको धनी मुलुक नेपालका कयौ भुभाग पछिल्लो समय सिंचाई अभावमा मरभूमिमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले  चिन्ता व्यक्त गरे । हिमालमा हिउँ नपर्ने समस्याबाट हिमाली क्षेत्रको आकार सांघुरो बन्दै गएको उल्लेख गर्दै उनले  लगानीको प्रतिफल आउने गरि जनचेतना अभिवृद्धिका काम गर्न आयोजकलाई सुझाव दिए ।

उनले भने, ‘विज्ञताको प्रयोग भएको छैन वा ठिक तरिकाले भएको छैन , ठिक तरीकाले हुनुपर्यो । लगानी प्रतिफल आउने गरि हुनुपर्यो ।’

जलस्रोतको धनी मुलुक नेपालका कयौ भुभाग पछिल्लो समय सिंचाई अभावमा मरभूमिमा परिणत हुने क्रम बढ्दै गएको भन्दै उनले चिन्ता  समेत व्यक्र गरे ।