देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको लक्ष्य आर्थिक समृद्धि : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातजाति, भाषाभाषी र धर्मको नाममा मुलुकमा विखण्डन आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्व सांसद् मञ्च र नेपाल निजामति कर्मचारी संगठनको संयुक्त टोलीलाई शनिबार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले विगतमा जात जाती र भाषाभाषीलाई उचालेर मुलुकलाई रुवान्डा र इथियोपिया बनाउन खोजेको तर आफूले सफल हुन नदिएको बताएका छन् ।

अहिलेको सरकारको एउटै लक्ष्य आर्थिक समृद्धि भएको भन्दै ओलीले अब मुलुकमा प्रशासनिक ढिलाई नहुने पनि स्पष्ट पारे । सरकारले गर्ने सकारात्मक काममा सहयोग गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले राष्ट्र सेवक कर्मचारीलाई जनताको काम इमान्दारितापूर्वक गर्न पनि निर्देशन दिए ।

उनले जनताले काममा ढिलाई भएको गुनासो आए कसैको अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिए । पूर्व सांसद् मञ्चले सरकारले गरेका काममा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।