काठमाडौं । दैलेखमा तीदू खान रुख चढेकी एक किशोरीको मृत्यु भएको छ । दुल्लू नगरपालिका–८, बडलम्जीकी १७ वर्षीय निर्मला आचार्यको आज शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय बजेडी टोलमा रहेको आफ्नै घरको आगनमा तीदू टिप्न लाग्दा रुखबाट खसेर टाउको कडा चोट लागेका आचार्यको मृत्यृभएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक राजीले जानकारी दिएका छन । निर्मला आचार्य कृष्ण मावि चगत्राकी कक्षा १० की छात्रा हुन् ।
प्रतिक्रिया