काठमाडौं । नेपाल बार एशोशिएशनले न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्दा नै प्रधानन्यायाधीशको अवधि किटान गरेको अवस्थामा झण्डै सात महिनापछि थाहा नपाएजस्तो गरी गरेको पत्राचार वैध नभएको जनाउँदै स्वतन्त्र न्यायपालिकाको गरिमा र महत्वलाई अक्षुण्ण राख्न सबैलाई आग्रह गरेको छ ।
बारका सचिव नृपध्वज निरौलाद्वारा गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सम्बोधन गरी प्रेषित पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बारमा महासचिव खम्मबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा गलत प्रक्रिया र पद्धतिको नजीरबाट विधिको शासन र न्यायिक प्रक्रिया नै अवरोध हुन गई स्वतन्त्र न्यायपालिकाको अस्तित्वमाथि प्रहार हुन सक्ने कुरामा ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया