काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे निर्वा्चित भएकी छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वा्चित गरेको हो । तुम्बाहाम्फेको पक्षमा २०१ मत परेको थियो भने उनको विपक्षमा ५८ मत परेको थियो। तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वा्चित गरियोस् भनेर गरिएको मतविभाजनका बेला २५९ सांसद उपस्थित रहेका थिए ।
उपसभामुखमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमको पक्षमा ६१ र विपक्षमा २०१ मत परेको थियो। भुसाललाई उपसभामुख बनाइयोस् भन्ने प्रतावलाई निर्णयार्थ प्रस्तुत गर्नेबेला भने २६१ जना सांसदको उपस्थिति रहेको थियो ।
तुम्बाहाम्फे उपसभामुखमा निर्वा्चित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका छन्। प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया