काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले सर्वसत्तावाद लादन खोजेको संकेत देखाएको बताउनुभएको छ ।सर्वसत्तावादलाई रोक्न नेपाली कांग्रेस चट्टनको रुपमा उभिन सक्नुपर्ने नेता सिटौलाको भनाई छ । ।
शुक्रवार काठमाडौमा आफु पक्षीय कार्यकर्ताको भेलाई सम्बोधन गर्दै नेता सिटौलाले राज्यका अगंहरुले सन्तुलन गमाउँदै गएको आरोप लगाएका हुन ।
उनले छोटो समयमा राज्य व्यवस्था कब्जा गरेर सर्वसत्तावाद लादन खोजेको बताएका हुन । गणतन्त्र नेपालको नेतृत्व कांग्रेसले लिएको दावी गर्दै उनले मुलुकको सवै क्षेत्रलाई जोडेर लैजाने कामको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्ने जिकीर गरेका छन ।
प्रतिक्रिया